प्रेमीद्वारा भारतमा बेचिएकी युवती २५ दिनपछि घर फिर्ता
जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।
एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए ।
बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् । घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् ।
बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई-तीनजना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौं । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले उनले सुनाइन् । ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गरेकामा प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए ।
सो घटना पछि अहिले ती महिलालाई कार्यालयमा बोलाइनाका साथै बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...