ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु

काठमाडाैँ । सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले सोसहित विभिन्न १४ जना निर्णय गरेको बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल र अस्ट्रेलिया सरकारबीच हजाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने, मोरङ जिल्ला प्रशासनबाट शम्भुप्रसाद मण्डलको नामबाट जारी भएको नेपाली नागरिकता रद्द गर्नेलगायतको निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरि प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। मंगलबारको मन्त्रिपरिषद बैठकले प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका प्रमुख एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरेको छ।
निर्णयहरुः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org