ताजा समाचार

टि -२० सिरिजः नेपालले आज जिम्बाब्वेसँग खेल्ने

काठमाडौं । सिंगापुरमा हुने तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ ।

साँझ ५ः१५ बजे हुने पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा यसअघि नियमित खेल्दै आएका ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् । अहिले युवा र कम अनुभवी खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरको इन्डियन एसोसियसन मैदानमा खेल्ने छ ।

शृंखलाका लागि नेपाली टोलीले बिहीबार तयारीलाई अन्तिम रुप दिइसकेको छ । नेपालले शनिबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ । दुई दिनको अन्तरमा मंगलबार पुनः जिम्बाब्वेसँग र बुधबार सिंगापुरसँग खेल्नेछ ।

त्यसपछि नेपाली टोली पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमान प्रस्थान गर्नेछ । नेपालले त्यहाँ घरेलु टोली ओमानसँगै हङकङ, नेदरल्याण्ड्स र आयरल्यान्डसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org