आजबाट नयाँ नोटको सटही , कहाँ-कहाँबाट बाँडिदै छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ ।
राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार याे सुविधा असाेज १०–१७ गतेसम्म उपलब्ध हुनेछ ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।
राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट मात्रै नयाँ नोट वितरणको चाजो पाजो मिलाइएको जनाएको छ । थापाथलीस्थित कार्यालय निर्माणाधीन रहेकाले नोट सटही सुविधा अन्यत्रबाट दिइएको हो ।
उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।
राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेकाे छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।
राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएकाे छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।
उपत्यका बाहिर कहाँ–कहाँबाट पाइन्छ ?
राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने प्रबन्ध मिलाइएको छ ।
राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।
उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।
Comments
अरु समाचार
-
डेपुटी गभर्नर श्रेष्ठले राज्यकोषबाट दोहोरो सुविधा लिएको ठहर, निलम्बन सिफारिस
काठमाडौं । नौपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले दोहोरो सुविधा लिएर राज्य कोषमाथि नोक्सानी पुर्याएको छानविन प्रतिवेदन अर्थमन्त्रालय पुगेको...
-
मास प्रिन्टरबाट थालियो लाइसेन्स छाप्न
काठमाडौं । नेपाल सरकारले तीन महिना पहिले ल्याएको स्मार्ट लाइसेन्स छाप्ने मेसिनले लाइसेन्स छपाई सुरु गरेको छ । लामो समयसम्म...
-
एनसेललाई २ अर्ब ४४ करोड ५३ लाख कर निर्धारण
काठमाडौं । ठूला करदाता कार्यालयले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैैयाँ कर निर्धारण गरेको...
-
नक्कली हस्ताक्षर गरेर बैंकबाट लाखौँ रुपैयाँ निकाल्ने ६ जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने छ जनालाई पक्राउ...
-
सर्वोच्चको फैसलापछि एनसेललाई १८ अर्ब छुट, अब कति तिरे पुग्छ ?
काठमाडाैं । कर विवादमा सर्वोच्च पुगेको एनसेलले अब २१ अर्ब १० करोड रुपैया मात्रै कर तिर्ने भएको छ । ठूला...
-
चन्द्रागिरी हिल्स रिसोर्टद्वारा आकर्षक मूल्यमा हनिमून अफर सार्वजनिक
काठमाडौ । चन्द्रागिरी हिल्स रिसोर्टले हनिमून आफर सार्वजनिक गरेको छ । चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार नव जोडीलाई...
-
बाजेको सेकुवा अब भक्तपुरमा पनि
लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो ।...
-
प्रभु लाइफको १२०% बीमा शुल्क आर्जन वृद्धि, अन्य सूचकमा पनि प्रगति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ ।...
-
हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी
काठमाडौं। नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको...