ताजा समाचार

विश्व पर्यटन दिवसः ताप्लेजुङको घुन्सासहित तीन नयाँ गन्तब्य घोषणा

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सा, धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ र बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेतलाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवर्द्धन गरिन्छ ।

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे । हरेक वर्ष नयाँ–नयाँ गन्तब्य बिस्तारका क्रममा यी गाउँ छनोट गरिएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

धुन्सा (फक्ताङलुङ गाउँपालिका) : ताप्लेजुङ

यस वर्ष छानिएका तीन नयाँ गन्तब्य:-

चालिस (रुबीभ्याली गाउँपालिका) : धादिङ

फापरखेत (काठेखोला गाउँपालिका) : बागलुङ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org