ताजा समाचार

सभापति देउवाविरुद्ध तरुणदलद्वारा पार्टी मुख्यालय सानेपामा विरोध प्रदर्शन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ संगठन तरुणदलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

तरण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो ।

उनीहरुले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन् । काँग्रेसले आजै दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक ३ बजेसम्म पनि सुरु भएको छैन । निर्धारित समयमा सभापति देउवा नपुगेपछि बैठक सुरु हुन नसकेको हो ।

आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org