ताजा समाचार

माैसम क्रमिक रुपमा सुधार हुँदै, दशैंमा आत्तिनु नपर्ने

आज काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा

काठमाडौं । लगातारको माैसम बदलीका कारण दशैं खल्लो हुन्छ की भनेर आत्तिनु नपर्ने माैसविद्ले जनाएका छन् । दशैंमा ठूलो पानी पर्छ की भनेर आत्तिनु नपर्ने उनीहरुले जनाएका हुन् ।

माैसम पूीर्वानुमान महाशाखाका अनुसार माैसममा क्रमिक रुपमा सुधार आउने सांकेत देखा परेको हो । सोमबारबाट माैसमा क्रतमिक रुपमा सुधार आउने माैसमविदले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।

यद्यपी माैसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनको मात्र माैसम पूर्वानुमान गर्छ ।

तर, नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।

आज काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा

आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । खासगरी प्रदेश नम्बर १, २ र ३ का ठूलो एरिया कभर गरेर अहिले पानी परिरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्व र मध्य भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org