ताजा समाचार

झापामा विप्लव नेकपाले लुकाएर राखेको ठुलो मात्रामा विस्पोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका-०१ बाट ठूलो मात्रामा २५ किलो विस्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले चलाएको अपरेशनको क्रममा एक घरमा लुकाएर राखिएको अस्थामा ‘हाई एक्सप्लोसिभ’ २ सय ५ तोला बरामद गरेको हो ।

प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बम बिस्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो । प्रहरिका अनुसार विप्लव नेकपाका झापा सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको छ ।

पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org