नेपालले जिम्बावेसँग दोस्रो खेल खेल्ने
काठमाडौं । सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ ।
सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ ।
उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन् । गएराति सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएको छ ।
सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो । अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।
Comments
अरु समाचार
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ।...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
बेलिङह्याम चम्किँदा एल क्लासिकोमा रियल विजयी
काठमाडाैं । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२...
-
आईपीएलमा आज दुई खेल, गएराति हैदराबादले दिल्लीलाई हरायो
काण्ठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय...
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...