ताजा समाचार

सभामुख महरा राजीनामा दिने तयारीमा

ओली-प्रचण्डले राजीनामा दिन सुझाए

काठमाडाैं । संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

सभामुख महरा निकट स्रोतका अनुसार आफूमाथि लागेको गम्भीर आरोपको निष्पक्ष छानविन होस भन्ने मनसायका कारन राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । महरा जनयुद्धकाल देखि नै अत्यन्तै शालिन र भद्र नेताको छवि बनाएका नेतामध्ये पर्छन् ।

संघीय संसदका कार्यरत सि. अ. न. मी पाँचाै तहमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले बलात्कार गरेको भन्दे आरोप लगाएपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले राजीनामा दिन सुझाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पूर्वसभामुख सुवास नेम्वाङसहित नेकपाका अध्यक्ष प्रचण्ड-ओलीसँग सभामुख महराले परामर्श गरिसकेका छन् । परामर्शको क्रममा महराले राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिएको जनाइएको छ ।

नेकपामाथि चाैतर्फी आक्रमण भएका बेला बलात्कार आरोप समेत आएको हुनसक्नेबारे समेत नेकपामा छलफल भएको स्रोतको दाबी छ । यद्यपी प्रधानमन्त्री निवासमा आकस्मिक नेकपाको सचिवालय बैठक आह्वान गरिएको छ । त्यो भन्दउा पहिले नेकपाका अध्यक्षहरुसहि बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेलबीच छलफल भइसकेको छ । भने नेकपाको सचिवालय बैठक समेत सुरु भएको छ ।

सभामुख महराले सकेसम्म आज नै स्पष्टिकरण दिएर राष्ट्रपति समक्ष राजीनामा दिनसक्ने स्रोतले जनाएको छ ।

यस्तै, तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका महिलाहरुबारे टिप्पणी गर्दा पदबाट राजीनामा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org