ताजा समाचार

महरा प्रकरणः अनुसन्धानका लागि प्रहरीले ल्यायो फुटेको चस्मा र रक्सीको बोलत, राजीनामापछि पक्राउ पर्लान महरा ?

काठमाडाैं । सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पीडित महिलाको कोठाबाट विभिन्न सामाग्री बरामद गरेको छ ।

संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीको कोठाबाट प्रहरीले कपडा, रक्सीको बोलत, महराको भनिएको फुटेको चस्मा लगायतका अन्य सामाग्री बरामद गरेर लगेको हो । यस्तै, प्रहरीले घटनास्थलको मुचुल्का समेत उठाएर लगेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको छ । महराले राजीनामा दिएको केहि समयमै प्रहरी पीडित महिलाको घरमा पुगेको थियो । प्रहरीलाई शाहीले घटना भएकै दिन १०० मा फोन गरेर बताएकी थिइन् । तर, घटना भएकै दिन उनले जाहेरी दिन र शारिरीक परिक्षण गर्न नमानेका कारण प्रहरीले अनुसन्धान गर्न नसकेको जनाएको छ ।

आज गृहमन्त्रालयमा प्रहरी उच्च अधिकारीसहित गृहसचिव प्रेम राई लगायत गृहमन्त्री रामबहादुर थापा ‘बादल’को टोलीले छलफल गरिसकेको छ ।

प्रहरीले महरा र शाहीको कल डिटेल समेत नियालीरहेको जनाएको छ । अनुसन्धानका लागि शाहीले जाहेरी दिने तयारीमा जुटेको समेत जनाइएको छ । यद्यपी उनले जाहेरी दिने नदिनेबारे श्रीमानसँग छलफल गरेर निर्णय लिने जनाएकी छन् ।

प्रहरीले पीडितको जाहेरी आएपछि सर्वसाधारण नागरिक सरह नियन्त्रणमा लिएर अनसन्धान थालिने जनाएको छ । तर, पडितले फरेन्सीक जाँच, स्वास्थ्य जाँच लगायतका विभिन्न जाँचका लागि तयार हुनुपर्ने प्रहरीले जनाएको छ । भने, प्रहरीले पीडित महिलाको कोठाबाट बरामद गरेका विभिन्न सामानहरु फरेन्सीक जाँचका लागि पठाउने तयारी थालेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org