ताजा समाचार

महरा प्रकरणमा एकपछि अर्को ट्विस्ट, कसरी पाक्दै छ सत्ताको खिचडी ?

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रकरणमा नयाँ नयाँ ट्विस्ट देखा पर्दै गएका छन् ।

केहिदिन पहिले महहराले आफूलाई बलात्कार गरेको बनेर प्रहरीको हटलाइन १०० मा फोन गरेर जानकारी गराएकी रोशनी शाहीले बयान फेरेकी मात्रै छैनन् । उनले प्रहरीमा महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा उजुरी समेत दिएकी छन् ।

यस्तो उजुरी परेपछि प्रहरीले छानविन गर्ने बाटो समेत लगभग बन्द जस्तै बनेको छ । भिभिआईपी प्रकरण भएकाले मिडिया कभरेजका साथै अन्य कुराहरु समेत छरपस्ट बन्न पुगेका छन् ।

फेरी रोशनी र उनका श्रीमान चित्रजंग शाहीले समेत आज डिभोर्स गरेको भन्दै एउटा सानो नोट सार्वजनिक गरेका छन् । फेसबुक मार्फत । श्रृंखलाबद्ध घटनाहरुले बलात्कार प्रकरणमा केहि रहस्य लुकेको हुनसक्ने भन्दै विभिन्न अड्कलबाजी समेत लगाइन थालेका छन् ।

रोशनीका श्रीमान लमजुङबाट नफर्किएसम्म महराले उनलाई बलात्कार गरेका थिए । तर, जब उनी काठमाडाैं फर्किए त्यसलगत्तै रोशनीले बयान फेरिन । भन्न थालिन महरा सर मेरा बाउ समानका मान्छे हुन् । मैले आवोगमा आएर यस्तो भनेको हुँ । यसरी विकशित भएका घटनाक्रमले विस्तारै यसबीचमा कुनै नयाँ गतिविधिको विकास भइरहेको छनक भने पक्कै देखाएको छ ।

महराबाट कुनै गलत नै भएको थिएन भने सभामुख पदबाट राजीनामा किन दिए ? पार्टीले कसैले मिथ्या आरोप लगाएकै भरमा राजीनामा गर्न बाध्य बनायो त ? यस्तो भन्न सकिने अवस्था समेत रहन्न । कारण हो पार्टीले सभामुख र सांसद पदबाट राजीनामा दिन दिएको निर्देशनलाई लत्याएर महराले मात्रै कामकाजी राजीनामा दिए । त्यो पनि सर्त सहितको । त्यसपछि उपसभामुखले राजीनामा दराजमा थन्क्याएर राखिदिने भन्दै धम्की दिएपछि उनले सुटुक्क दोश्रो राजीनामा दिन बाध्य भए । सांसद पदबाट भने उनले राजीनामा दिएनन् ।

रोशनीका श्रीमान काठमाडाैं आएपछि मोडिएको घटनाक्रमका कारण सबैको निशानामा चित्रजंग शाही परिसकेका थिए । यसैबीचमा उनले श्रीमतिसँगको २८ वर्षे वैबाहिक जीवनयात्रामा विश्राम लगाएको भन्दै सानो चिट दुवैजनाको हस्ताक्षर भएको कुरा सार्वजनिक गरे । कारण उनी यो मेलमिलापबाट जोगिन हो भन्नेहरुको कमी छैन् ।

यद्यपी अब यो प्रकरणमा सरकार र सम्बन्धित निकायले कसरी हल गर्छन भन्ने कुरा भने रोचक हुनेछ । सत्ताको उन्मादमा न्याय बेचिन्छ की सत्यतामा ढालिन्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org