ताजा समाचार

फेस्टिभ अफरसहित चन्द्रागिरी केवलकार दशैंको दिनमा पनि संचालन हुने

काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ ।

असोज र कार्तिक महिनाभर लागु हुनेगरि चन्द्रागिरीले विभिन्न दुई सेग्मेन्टमा अफर सार्वजनिक गरेको हो ।

जोडीलाई चन्द्रागिरीमा लैजाने उद्देश्यका साथ सार्वजनिक भएको यो अफरमा शुक्रवार र शनिवारको दिन १६ हजार ९ सय ९९ र अन्य दिनका लागि १४ हजार ९ सय ९९ तोकेको हो । अफरमा चन्द्रागिरी केवुलकारदेखि खाने बस्नेसम्मको व्यवस्था हुने चन्द्रागिरीका जिएम अभिशेक विक्रम शाहले जना‍ए ।

यस्तै, चन्द्रागिरि केवलकार दशैको दिनमा समेत संचालन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org