ताजा समाचार

काठमाडाैंबाट दशैं मनाउन २४ लाख मानिस बाहिरिए, १० लाख भित्रिए !

काठमाडौं । दशैं मनाउन राजधानीबाट झण्डै २४ लाख यात्रु अन्यत्र गएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार राजधानीबाट २३ लाख ८४ हजार ९ सय ३१ यात्रु विभिन्न स्थानमा गएका हुन् । भने, १० लाख ४६ हजार मानिस उपत्यका भित्रिएका छन् ।

५ असोजदेखि १८ सम्म राजधानी भित्रिने र बाहिरिनेको संख्याको आधारमा ट्राफिक महाशाखाले यस्तो जानकारी दिएको हो ।

उनका अनुसार यो अवधिमा २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् ।

यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org