ताजा समाचार

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडाैंले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले याैन दुराचारको आरोप लागेका महराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महरालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाउन अदालतले आदेश दिएको छ ।

निवर्तमान सभामुख महरालाई प्रतिनिधिसभा सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै गएको शनिबार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार शाहीद्वारा महराविरुद्ध जाहेरी परेपछि प्रहरीले आज आइतबार अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालतसमक्ष महरालाई पक्राउ गर्न अनुमति मागेकाे हाे ।

जिल्ला अददालत काठमाडाैंले असोज १० गते दशैं बिदाको बेला पक्राउ पुर्जी जारी गर्न भन्दै बिहान ११ बजेदेखि ३ बजेसम्म पक्राउ पुर्जी जारी गर्न सार्वजनिक रुपमा सुचना जारी गरेको थियो । असोज १२ गतेदेखि २६ गतेसम्म शनिबार दशैंको दिन बाहेक पक्राउ पुर्जी जारी गर्ने सुचनामा उल्लेख थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org