ताजा समाचार

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राति पीडित महिला रोशनी शाहीको कोठामा पुगेर महराले बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन । भने, महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org