ताजा समाचार

स्वास्थ्यको ख्याल राख्दै मित्रताको चाड दशैं भव्य र सभ्य ढंगले मनाउः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिदैं सम्पूर्ण नेपालीहरुलाई सभ्य र भव्य ढंगले मनाउन अपिल गरेका छन् ।

भिडियो सन्देश संप्रेषण गर्दै प्रधानमन्त्री ओलीले दशैं मित्रताको चाड भएकाले यसलााई तडकभडक नगरेर सभ्य र समुचित ढंगले मनाउन आग्रह गरेका हुन् ।

यस्तै, उनले आफ्नो स्वास्थ्य स्थितिको समेत ख्याल गरेर दशैं मनाउन समेत उनले आग्रह गरेका छन् । भने, सामाजिक अमनचयनको मुख्य चाड दशैंलाई हर्षोल्लासका साथ मनाउन अपिल समेत गरेका छन् ।

नेपालले राजनीतिक अधिकार प्राप्त गरिसकेको भन्दै उनले अब विकास र संबृद्धिका लागि सबैले योगदान गर्नुपर्ने कुरा समेत उनले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org