ताजा समाचार

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको मिति सार्वजनिक

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारीक मिति सार्वजनिक भएको छ ।

आज परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीको नेपाल भ्रमणको औपचारीक मिति सार्वजनिक गरेको हो  ।

राष्ट्रपति विद्यादेवि भण्डारीको औपचारीक निमन्त्रणमा सीको नेपाल भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोबर १२ र १३ (असोज २५–२६) गते नेपाल भ्रमण गर्नेछन् ।

चिनीयाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नाई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले मल्लापुरममा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको मल्लापुरममा मोदीसँगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागि हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org