ताजा समाचार

विश्वकप छनोटमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित

काठमाडौं । विश्वकप दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए । यस्तै ह्यारी सुटरले दुई गोल गरे ।

अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

विश्वकप खेल्दै आएको अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । विजेता अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org