ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक १० मध्ये ५ को सनाखत, घाइतेलाई हेलिकप्टरबाट काठमाडाैं ल्याउने तयारी

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा बस दुर्घटना हुँदा मृत्यु भएका दशमध्ये पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् । अन्य पाँच जनाको भने सनाखत भएको छैन ।

बसमा सवार झण्डै ५० यात्रु रहेको अनुमान प्रहरीले लगाएको छ । घाइतेहरुलाई अहिले उपचारका लागि विभिन्न अस्पताल पठाउने काम भइरहेको छ । भने, केहिलाई हेलिकप्टरबाट काठमाडाैं ल्याउने तयारी भइरहेको समेत जनाइएको छ । केहिको अचस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org