ताजा समाचार

चिनियाँ राष्ट्रपति सी नेपाल प्रस्थान, राष्ट्रपति भण्डारीले गरिन स्वागत

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४:१० मा नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २:०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।

यस्तो छ राष्ट्रपति सीको कार्यतालिका

शनिबार ५:०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण

सोल्टी होटल प्रस्थान ६ बजे

राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ६:३० बजे

राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ७:१५ बजे

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट ७:३० बजे

राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०:३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११:३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१:०० बजे
स्वदेश फिर्ता

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org