ताजा समाचार

चिनियाँ राष्ट्रपति सीले देउवासंग भने, `नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक छौँ’

काठमाडौँ । नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार सभापति देउवासँगको भेटमा राष्ट्रपति सीले नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।

भेटमा राष्ट्रपति सीले नेपाल चीन असल छिमेकी भएको स्मरण गर्दै दाजुभाइ भएको जनाएका थिए । नेपालको सत्तामा जुनसुकै पार्टी भएपनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने ।

राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर गरेका थिए ।

भेटमा सभापति देउवाले आफ्नो पार्टीले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ कनेक्टिभिटि मार्फत दुबै देशको सम्बन्ध अझ विस्तार हुने आशा पलाएको जनाएका थिए ।

यस्तै, चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।

देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org