ताजा समाचार

राष्ट्रपति सीको नेकपालाई सुझावः विकासमा जनतालाई जोड्दै पार्टीमा आत्मअनुशासन बलियो हुनुपर्छ

काठमाडाैं । दुईदिने राजकीय नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङले आत्मअनुशासन बलियो बनाउन नेकपाका नेताहरुलाई सुझाव दिएका छन् ।

राष्ट्रपति सीलाई भेट्न प्रचण्डको नेतृत्वमा पुगेका नेकपाका नेताहरुलाई उनले चिनियाँ कम्युनिष्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि आत्मअनुशासन बलियो बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

सीसँगको भेटवार्तटापछि पार्टी प्रवक्ता नारायणकाजीले सञ्चारकर्मीसँग भने, चिनियाँ राष्ट्रपति सीले आत्मअनुशासन बलियो पार्दै जनताको मनलाई जित्न सक्नेपर्नेमा जोड दिनुभयो । नेपालको विकासलाई नजिकबाट नियालीरहेको र नेपालको विकासमा सहयोगी बन्न तयार रहेको उहाँले जनाउनु भयो । जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए। सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org