ताजा समाचार

दुइदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडाैं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए । राष्ट्रपति सीलाई बिदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना लगायतका नेताहरु विमानस्थल पुगेका थिए ।

नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा सचिवालय सदस्यहरूसँग भेटेका थिए ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org