ताजा समाचार

१४ वर्षीया किशोरीलाई जवर्जस्ती गर्न खोजेको आरोपमा मन्सुर पक्राउ

सिरहा । छिमेकी एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मोहम्मद रहिम मन्सुरलाई पक्राउ गरेको छ ।

घरमा कोही नभएको मौका पारी गत शनिबार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org