ताजा समाचार

एनआरएनए सम्मेलन काठमाडाैंमा सुरु, जन्मभुमिमा लगानी गर्न राष्ट्रपतिको आह्वान !

काठमाडाैं । गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन काठमाडौंको होटल हायात रिजेन्सीमा सुरु भएको छ ।

विभिन्न ८१ देशबाट आएका करिब १ हजार ६ सय गैरआवासीय नेपाली, सरकार,निजी क्षेत्र विकास साझेदार तथा सरोकारवालाहरुको सहभागीतामा सुरु भएको सम्मेलनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

सम्मेलनलाई उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई जन्मभूमिमा लगानी गर्न आग्रह गरेकी छन् ।

नेपालमा राजनीतिक स्थिरतासँगै आन्तरिक तथा बाह्।य वातावरण अनुकुल रहेकाले जन्मभुमिमा लगानी गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् ।

उनले गैरआवासीय नेपाली समुदायले विदेशमा सिकेको सीप, क्षमता र दक्षतालाई प्रयोग गर्दै नेपाललाई समृद्ध बनाउन प्रयोग गर्न समेत आह्वान गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org