ताजा समाचार

नर्भिकबाट महरालाई अदालत लगियो

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पतालबाट म्याद थप गर्नका लागि अदालत लगिएको छ ।

बलात्कार प्रयासको आरोपमा सभामुख निवासबाटै पक्राउ परेका महरालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको हो ।

पक्राउ परेको मितिबाट २० दिनको म्याद थप गर्न अदालत पेश गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जनाएका छन् ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अदालतबाट पुनः अस्पताल नै लैजाने जनाइएको छ । अस्पतालले डिस्चार्ज नगरिदिएकाले अदालतपछि पुनः अस्पताल नै लगिने जनाइएको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org