ताजा समाचार

पारस खड्काले दिए कप्तानीबाट राजीनामा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट क्यानको निलम्बन फुकुवा भएको भोलीपल्टै कप्तान खड्कलाले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् ।

उनले २००९ बाट क्रिकेटको कप्तानी सम्हालेका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

उनको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट राष्ट्र बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org