ताजा समाचार

राजपाका सांसद साह पक्राउ

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद साह आज राजधानीमा पक्राउ परेका छन् ।

जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहलाई पक्राउ गर्न काठमाडाैं प्रहरीलाई पत्राचार गरिएको थियो । भने, महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ । सर्लाही क्षेत्र नं १ बाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org