ताजा समाचार

महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर आरोपमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

१३ दिनको म्याद पक्राउ परेको दिनदेखि नै गनिने छ । अब महरालाई थप ३ दिन हिरासतमा राखिनेछ ।

असोज १९ गते पक्राउ परेका महरालाई मंगलबार अदालत उपस्थित गराइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अदालतबाट महरालाई ३ दिन थुन्न अनुमति पाएको जानकारी दिएका छन् ।

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org