ताजा समाचार

विद्यार्थी जीवनको रमाइलो अनुभव

पोर्तुगल । विद्यार्थी जीवन हामी सबैले भोगेर आएको एक खण्ड हो । सामन्यतयाः विद्यार्थी जीवन भन्दा तपाईंलाई के कुरा सम्झाना आउँछ ?

निलो आकासे रङको सर्ट, नीलो पाइन्ट केटाको लागि र निलो सर्लक्क मुज्जा परेको फ्रक र निलै सर्ट अली फेसन लाउने केटाले १६ सम्मको चुज पाइन्ट लाउथे तै पनि कहाँ पाइन्थ्यो र चुज धेरै लाउने लाई लाइनमा नै अगाडी ठिङ्याउने चलन थियो । केटीहरु जो अली मोर्डन बन्न खोज्नेहरु छोटो लागाउथे तै पनि केटाहरुको जलन सुरु हुन्थ्यो हेर त तेस्ले कति छोटो फ्रक लाकि भन्दै कानेखुसी गर्ने चलन थियो ।

कुरो पहिरन कै गरौ अली हुने खानेले चाइनीज बबी सुन्तला रङको चप्प्लल लगाउथे नहुने त उहीँ हो हात्तीछाप २५ रुपौया खालको ।  अझैं १/२ पढ्दा त कति दिन खाली खुट्टा नै गाको पनि याद छ गोरुसिङे आकारको कपाल चिल्लो गरि तोरीको तेल लगाएर हिन्ने खुब फेसन अनि युएसए युके लेखेको फित्तावाला पेटि लगाएर विद्यालया जाँदा आफूलाइ क्या सान्दार फेसनएबल लाग्थ्यो । गलामा राम्रो बन्नको लागी मन्दीर को ध्वजा त ५/६ वाटा लगाइन्थ्यो ।

केटी मान्छेहरु सर्लक्क परेका लामो लामो कपालमा रिबनले फुर्का बनाएर बाटेको हेर्न पाइन्थ्यो अनि खाजा लानेमा नि केटीहरु अली जागारिला हुन्थे । अमिलो नुन खुर्सानीको अचार काचो आँप सिजन अनुसारको फलफूल उनीहरु नै लान्थे केटाहरु दिए खाने हो नदिए मुख रासाउदै बस्ने हो ल्याक्टो चक्लेट एक रुपैयाँको २ वटा किनेर जुठो खान्न तेरो भन्दै सर्टमा मुख भित्र टोकेर खाको त याद होला नी खुर्सानी मिठाइ एक रुपैयाँको ४ वटा किनेर चुस्दै हिनेको कसलाई याद नहोला र केटा अली बदमास हुन्थे विद्यालय जाँदा बाटो तिर गर्ने बदमासीमा केटा कै नाम धेरै आउथ्यो । मकै भाँचिदीने दुई तिरको कोदो बानेर बाटो छेकेर लडाउनेहरु पनि निकै हुन्थे । खासै घडी धेरै मान्छेको हातमा नहुने हुनाले रेडियोमा ‘यो रेडियो नेपाल हो, कोमल वलीबाट बिहान ९ बजेको समचार सुन्नुहोस’ भनेपछि हतार हतार गर्दै लुगा लगायर दैडिने हाम्रै पुस्ता हो ।

१० बजे स्कुल पुग्यो लाइन बस्यो अनि कक्षा शिक्षको कच कच लाइनबाट सुरु हुन्थ्यो दिनचर्या । कपाल किन पालेको? तेरो फेसन देखाउने ठाउँ हो यो ? कपाल कीन ठाडो ? आउट कपडा किन लाको ? तेरो ड्रेस खोइ ? बहाना बनाउदा बनाउदा हैरान भइन्थञो ।  एक हुल केटाहरु कक्षामा हल्ला गर्नेको छुट्टै ग्याङ तिनीहरु बारमासे हल्लाकार जैले हल्ल गर्ने र आँखाकान छ्ल्ने अझैं पनि याद आउँछ होला ती हल्लाकार साथीहरु को ।

होमेवोर्क नगरेर गोदाइ त कति खाइयो खाइयो गोदाइ धेरै खानेमा केटानै हुन्थे जुन मैले भनेको हल्लाकारहरु जो कहिले पनि पहिलो बेन्चमा बस्न नरुचाउने । सधै अन्तिममा बस्ने अनि हल्ल गर्ने । एक समूह हुन्थे जो आफुलाइ खुब पढ्न्दास सम्झिने । चस्मावालहरु १० मिनेट सर ढिला आउदा अफिस मै पुग्ने एक थरी हाप छुट्टीमा पनि होमवर्क गरेर बस्ने पढ्न्दासहरु थिए । ती पढ्नदासहरु रोटेसन हुँदा जति पछाडि गयो केही देखिएन सर गारो भयो भन्दै आफूलाई खुब सर को सिम्प्याथी मागी रहन्थे । हल्ला गर्नेहरु चै फर्स्ट बेन्चमा परेको दिन पढ्नदासहरुलाई अगाडी राखेर आफू पछाडीको बेञ्च मै बस्थे हल्ल गर्यो भनेर केटालाई केटी र केटीलाई केटासंग राख्देको याद छ कसै लाई ?

अनि किताबको कापमा फलानोलाई फलानोले माय गर्छ भन्दै सानो सानो चिटका टुक्रा राख्दै हिन्ने काम पनि गर्नु भयो होला नी ? लभ भन्ने शब्द सुन्दा मै लाज लाग्ने जमना थियो लभ गर्नेहरु आफुले लभ गर्ने साथी को मिल्ने साथीलाई चिठि दिन्थे केटीले पनि केटाको मेल्ने साथीलाई चिठि दिने चलन थियो मनमा लाको कुरा सबै कागजमा लेख्ने हो अनि एसो लुकी लुकी हेर्ने हो कहाँ अहिलेको जस्तो बाबा मेरो गर्लफ्रेन्ड भन्दै उम्रिदैको तीन पात थियो र गोपनीयताको त्यो हुलाकी ले खुब ख्याल राख्न पर्थ्यो ।

ओइ फलानोको फ्लानीसंग लभ परेको छ रे भन्दै कानेखुसी खुब गरिन्थ्यो अनि चक चोर्ने बाटोमा फलानो प्लस फलानो लेख्दै हिन्ने, बाटोमा नराम्रो कुरा लेख्दै हिन्ने कस कस्ले गर्नु भयो , लभ नपरे पनि कुनै केटी को नाम लिएयर जिस्क्यायो भने लभ नै नभएपनि बोली बाराबार हो क्यारे लाजले ,होमवर्क नगरेर स्याल कराएको याद त धेरै लाई अझैं पनि आउला कन्सिरीको रौं तानेको पनि याद त होला दोस्रो पिरिएडको होमवर्क पहिलो पिरिएडमा गर्दा सरको गोदाइ खाएको याद छ ?

सरले भोली नोट चेक गर्छु भन्दा जान्ने साथीको नोट मागेर रात भरी लगाएर नोट बुझाएको त झन याद आउँछ होला अनि कक्षमा अगाडी गएर उठबस गरेको प्रिन्सीपलको पाइप भेट्नेमा को को पर्नु भयो ? अङ्ग्रेजी बिषयको कक्षामा सबैलाई खुब निद आउथ्यो चाइनिज कलम अनि फुल्टिन कलममा मसी भरेर लेख्ने हाम्रा जमाना का मान्छे हो ५ रुपैयां खाले डटपेनको जमना थियो जुन अहिले बिरलै पाइन्छ कहाँ म्याक्सराइटर, सेलो त ९, १० मा पुगेर किन्देका हुन । बाल ७ औ पिरिएड ग्याप हुदा कति रमाइलो हुन्थ्यो बा…बा चाडै घर जान पाइने भयो भनेर ।

सरहरुको कच कच फेरी जैले तिमी हरु भन्दा अघिल्लो ब्याज सारै ज्ञानी सबै पढ्न जान्ने अनि भनेको पनि मान्ने यो बर्सै पछि भन्ने थेगो जस्तै भएको थियो तिमीहरु त बदमास खोइ हामी भन्दा माथी कक्षाका दाइदिदीहरुलाई पनि उहाँहरु भन्दा अगाडिको ब्याजलाई त्यसै भन्नू हुन्थ्यो रे हामिलाइ पनि अनि हामी भन्दा तल आउनेलाई पनि आखिर को हो मिहेनेती राम्रो ब्याज चिन्नै गार्हो स्कुलमा बदमास गरेर अफिस कोठामा जानेलाई खुब हेर्थे सबैले अनि बिदाको दिन कतै खेलेको सर ले देख्नु भयो अनि होमवर्क गरेन भने त्यो सक्यो भोलिपल्ट कक्षा मा १००% गोदाइ भेट्यो बिदाको दिन कहाँ खेली हिनेको होमवर्क गर्न पर्दैन भन्दै …

हेल्थ पढाउदा पुरुष प्रजनन अंग स्त्री प्रजनन अंगको पाठ पढाउदा लाजले खुब भुतुक्क हुन्थ्यौ । सर पनि त्यती खुल्नु हुन्नथ्यो त्यो बेला । पछाडी बसेर पुछर हाल्नेहरु पनि कक्षामा रमाइलो गर्थे । स्कुलमा हिन्ने खाजा खाने बस्ने साथीहरु प्रायः ग्रुप एकै हुन्थे । आफ्नो समूह खासै छुट्टिदैन थिए । केटी केटीहरु अली एक समूहले अर्को समूहलाई नै डाह गर्ने खाल्का हुन्थे । पहिलो पिरिएडको हाजिरीमा नाम भएकाहरु अन्तिम पिरिएडमा नहुन पनि सक्थे सर्टको पछाडी किताब राखेर सरले नदेख्ने गरि टाप हान्नेहरु पनि हुन्थे । सुक्रबारे कार्यक्रममा भाग लिन खुब कर गर्न पर्थ्यो ।आफ्नो सदनको साथीहरुलाई जाँच आउदा १ महीना अघि नोट सार्ने अनि हतार हतार गेस पेपेर किनेर क-कसले पढ्नु भयो याद होला नी ?रिजल्टको दिन त कहाँ स्कुल गाइन्थ्यो र मेरो नी हेर्दे है भन्दै पढ्नदास साथीलाई भन्ने चलन थियो अङ्ग्रेजी बिषयको जाँचका दिन आज त कालो अक्षर भैंसी बरबर चाडै निस्कने हो आज त भन्दै हिन्थे धेरै जाना….

मैले यी कुरा हरु हाम्रो समय को स्कुले जीवनको भोगाइ लेखेको हु । आजकलको २० किलो किताबको झोला टन्न मिठोमिठो रोजाइ अनुसारको खाजा सुकिलो स्कुले ड्रेस बसले घरबाटै पिक आँप गरेर लाने ल्याउने कम्प्युटर ल्यापटपमा अध्यन गर्ने जमनाको कुरा लेखेको होइन । आजकल छोरा छोरीलाई स्कुल पठाउन पढाउनको लागि एक जना पुरै लागेका हुन्छन् । कि बाउ कि आमा हाम्रो जमना एक भारी घाँस ल्याएर बिहानको लाग सकेर वा भात तरकारी आफै पकाएर खाने समय थियो । समय धेरै फेरियो मलाई लाग्छ हामी बन्मारा को चुङी, घुर्‍रा, गटटा, डन्डीबियो गुच्चा खेलेर पनि निकै खुसी थियौं अहिलेका मोबाइल कम्प्युटरका युगका बच्चा भन्दा २ मिनेट समय पनी निर्जीब मोबाइल र कम्प्युटर लाई समय दिने बच्चा भन्दा घन्टाै जिवित साथीसंग धुलो माटो खेल्ने हामी नै खुसी हुन्थौ जस्तो लाग्छ ।

२१ औं सताब्दीमा चाहिने त कम्प्युटर नै हो तर अध्ययनले पनि के देखायको छ भने सानो कम्प्युटर मोबाइलमा एक कोठे जीवन बिताउने मानिस भन्दा खुल्ला प्रकृतिलाई किताब मान्ने हरु खुसी देखाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org