ताजा समाचार

मन्त्री परिवर्तनबारे मलाई नसोधिदिए हुन्थ्योः प्रचण्ड

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई मन्त्रीमण्डल हेरफेरको बारेमा नशोध्न आग्रह गरेका छन् ।

शुक्रवार सुदुरपश्चिम पुगेका प्रचण्डले मिडियामा आएजस्तो कुरा पार्टीमा कुनै ठोस छलफल नभएको भन्दै उनले भने, ‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । ‘म पार्टी अध्यक्ष हो, मन्त्री हेरफेर गर्ने नै भए त प्रधानमन्त्रीले सल्लाह त गर्नु नै हुन्छ। तर मिडियामा आएजस्तो यो मन्त्री जाने भयो रे त्यो आउने भयो रे भन्ने कुरा भएको छैन।’

केहिदिन पहिले प्रधानमन्त्रीसँगको कुराकानीको क्रममा यसबारे कुनै कुराकानी नभएको र यसबारे प्रधानमन्त्री ओलीले नै आफूलाई मिडियामा धेरै कुरा आएकोबारे जानकारी गराएको स्पष्ठ पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org