ताजा समाचार

साधारण तारेखमा छुटे सांसद साह

काठमाडाैं । विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोद साह सामान्य तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । त्यसलगतै उनी रिहा भएका छन् ।

सांसद साहले जनकपुर विमानस्थलमा बुद्ध एयरले यात्रुमाथि ज्यादती गरेको र मृगाैला पीडितको समस्या देख्न नसकेर तोडफोड गरेको स्विकार गरेका थिए । सोहि आरोपमा साहलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालयले साहविरुद्ध सैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको कारणले उनीमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले विमानस्थलमा वादविवाद भएको भएको तर सरकारी वकिलको कार्यालयको मागदावी नपुगेको भन्दै साधारण तारेखमा सांसद साहलाई रिहा गर्न आदेश दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org