ताजा समाचार

महरा प्रकरणः बयान सकिएन, आज फेरि म्याद थप गरिदै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान नसकिएपछि आज म्याद थपका लागि अदालत पेश गरिने भएको हो ।

काठमाडाैं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार अनुसन्धान नसकिएकाले आज फेरी काठमाडाैं जिल्ला अदालत लगेर म्याद थप गरिने भएको हो ।

याैन दुराचारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महरा प्रहरी हिरासतमा छन् । उनको स्वास्थ्यमा समसया देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ ।

यद्यपी महराले बयान दिन आनाकानी गर्दै आएको प्रहरीले जनाउदै आएको छ । प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org