ताजा समाचार

निवर्तमान सभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश

काठमाडाैँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।

प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org