ताजा समाचार

रोशनीले अदालतमा भनिन्, मलाई प्रहरीले जबर्जस्ती जाहेरी दिन लगायो !

काठमाडाैँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जाहेरी झुटो भएको बयान दिएकी छन्।

उनले प्रहरीले निवर्तमान सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार आफैं उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार उनले प्रहरीको दवावका कारण आफूले जाहेरी दिएको र निवर्तमान सभामुख महरा निर्दोष रहेको उनले बयान दिएकी छन्।

पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठले पनि रोशनीले अदालतमा प्रहरीमा दिएको उजुरीमा उल्लेख भए अनुसारका आफूमाथि कुनैप्रकारको दुव्र्यवहार नभएको भनी अदालतमा बयान दिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org