ताजा समाचार

नोट छाप्ने मेसिनसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडाैँको बाैद्धस्थित नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’ पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।

बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org