ताजा समाचार

म्यानमारकी स्टेट काउन्सिलर सुची नेपाल भ्रमणमा आउँदै

काठमाडाैं । म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची नेपाल भ्रमणमा आउने सरकारले जनाएको छ ।

सुचीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल भ्रमण वर्ष २०२० को प्रबर्धन गर्न नेपाल भ्रमणमा आउन चाहेको जनाएपछि सरकारले उनको भ्रमनको तयारी थालेको सरकारले जनाएको छ ।

सोमबार म्यानमारको भ्रमणको सकेर स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘म्यानमारका स्टेट काउन्सिलर सुचीले नेपाल भ्रमण वर्षको प्रमोशन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ, हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ।’ तर, मन्त्री ज्ञवालीले उनको भ्रमणको मिति भने खुलाएनन्।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि/सम्झौता नगर्ने पनि पटक–पटक दोहर्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org