ताजा समाचार

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमारलाई प्रहरीले दोहोरो भिडन्तमा मारिएको जनाएको थियो ।

यो घटना पश्चात सरकारको चाैतर्फी आलोचना भएको थियो भने संसदमा समेत कुरा उठेको थियो । निहत्या नागरिकको हत्या गरिएको भन्दै संसदमा प्रतिपक्षीमात्र नभएर सत्तारुढ दल नेकपाका सांसदहरुले समेत कुरा उठाएका थिए । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुमारको मृत्यु प्रहरी मुठभेडमा भएको भनेर जवाफ दिएका थिए ।

यस्तै, विप्लव नेतृत्वको नेकपाले समेत विज्ञप्ति जारी गर्दै सरकारला दमन बढाएको र त्यसको प्रतिवाद हुनबे चेतावनी दिएको थियो । भने, मानव अधिकार आयोगले घटनाको छानविन पश्चात घटनामा संलग्न प्रहरी अधिकारीलाई मुद्धा चलाउन निर्देशन दिने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org