ताजा समाचार

जनकपुरमा गोली हानेर व्यवसायीको हत्या !

धनुषा । जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक व्यापारीको हत्या गरिएको छ ।

जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ।

उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org