ताजा समाचार

डब्लुसीएलको पहिलो च्याम्पियन चितवन राइनोज

काठमाडौं । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि जितेको छ ।

बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ ।उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो ।

टियु क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् । ममता थापा र ईश्वरी बिष्टले १३/१३ रन जोडिन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र ऋतु कनोजियाले ३/३ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।लिगमा चितवन अपराजित रहदै च्याम्पियन बनेको हो । लिगको चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको चितवनले लिग चरणको खेलमा काठमाडौंलाई ५ विकेटले हराएको थियो ।

काठमाडौंले लिगको दोस्रो स्थानमा रहदै इलिमिनेटरमा पुगेको थियो । र, इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो ।

क्विन्स ईभन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा पाँच शहरका पाच टिमको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org