ताजा समाचार

कप्तान मल्लले बधाई दिने सबैलाई दिए धन्यवाद !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका छन् ।

बुधवार नेपाली टिमको कप्तानमा चयन भएसँगै बिहीवार सामाजिक सञ्जालमार्फत् नेपाली टिमको कप्तानीसँगै आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका हुन् ।

मल्लले लेखेका छन्, ‘नेपाली क्रिकेट टिमको कप्तान बन्न पाउनु सम्मानको विषय हो ।’

उनले पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टिमले गति लिएको स्मरण गर्दै आफूमाथि ठूलो उत्तरदायित्व थपिएको बताएका हुन् ।

‘ठूलो उत्तरदायित्व आएको छ, नेपाली क्रिकेटको सफलतालाई कायम राख्न र निरन्तरता दिन सम्पूर्ण प्रयास गर्नेछु,’ उनले लेखेका छन्, ‘सबैजनालाई सहयोग र शुभकामनाका लागि धन्यवाद ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org