ताजा समाचार

नेपालको भूमि कालापानी र लिम्पियाधुरामा पुगेर राष्ट्रिय झण्डा गाड्छाैंः संयोजक महर

‘गो ब्याक इण्डिया’ भन्दै सत्तारूढ दलको संगठन उत्रिए सडकमा

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विद्यार्थी संगठनका संयोजक ऐन महरले भारतले नेपालको भूमि फिर्ता गर्न आग्रह गरेका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लिम्पियाधुरा लगायतका भूमि भारतले आफ्नो नयाँ नक्सामा समेटेपछि नेपालमा विरोध चर्कदै गएको हो ।

प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस बागबजार पुगेर कोण सभामा परिणत भएको थियो ।  जुलुसमा सहभागी नेता कार्यकर्ताले ब्याक अफ इण्डिया लेखेको प्ले कार्ड समेत बोकेका थिए ।

कोणसभामा बोल्दै विद्यार्थी संयोजक महरले नेपालको भूमि जोगाउन रगतको खोला बगाउन तयार रहेको भन्दै सरकारलाई कुटनीतिक पहल गरेर भारतको निर्णय सच्याउन माग समेत गरेका छन् ।

नेपालले भारतको सार्वभाैमिकता र स्वाधिनताको सम्मान गर्ने तर, हेपाहा प्रवृति सहन गर्न नसकिने भन्दै महरले भारत सरकारले नेपालको इतिहाँस हेर्न समेत अपिल गरेका छन् । वउनले नेपालीको गोर्खा इतिहाँस हेर्दै मिचिएको भूमि फिर्ता गर्न माग गर्दै नक्सा खारेजको माग गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org