ताजा समाचार

कास्की २ मा हुने उपचुनावका लागि कांग्रेसका खेमराजले दर्ता गरे उम्मेदवारी

पोखरा । कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका उम्मेदवारी  पौडेलले दर्ता गराएका हुन् ।

धनराज गुरुङ, देजराज चासिले लगायतका नेतालाई पछि पार्दै ७५ वर्षीय पौडेलले टिकट पाएका हुन् ।

झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको टिकट पाएका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org