ताजा समाचार

नेकपाका प्रमुख सचेतक गुरुङले महरालाई कारागारमै भेटे !

महरालाई भेट्ने देव गुरुङ पहिलो नेकपाका नेता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पूर्वसभामुख कृष्णबहादुर महरालाई कारागारमै भेटेका छन् ।

डिल्लीबजार कारागारमा गएर महरालाई भेट्ने पहिलो नेकपाका नेता गुरुङले थोरै समय भेटेर फर्केको जनाएका छन् ।

महराको स्वास्थ्यस्थितिबारे कुराकानी भएको र आफू जाँदा समेत उनको स्वास्थ्य जाँच भइरहेको गुरुङले जनाएका छन् । यस्तै, महराले कानुनी परामर्श खोजिरहेको र त्यसबारे समेत छलफल भइरहेको गुरुङले जनाए ।

गुरुङ महरालाई भेट्ने पहिलो नेता बनेका छन् । महरा प्रहरी हिरासतदेखि कारागार चलान भएसम्म नेकपाका कोही नेताहरुले उनलाई भेटेका थिएनन् ।

संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रसायको आरोपमा महरा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org