ताजा समाचार

दुई तिहाईको सरकार भएको पार्टीले सभामुख छाड्दैन, उपसभामुखले राजीनामा दिनैपर्छः नेम्वाङ

काठमाडाैं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखले राजीनामा दिनुपर्ने जनाएका छन् ।

संविधानमसभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था भएका कारण उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने तर्क नेम्वाङले अगाडी सारेका हुन् ।

पार्टीको दुई तिहाई बहुमत भएका बेला सभामुख नेकपाले छाड्न नसक्ने भएकाले हिउदे अधिवेशन बोलाउदासम्म तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने भन्दै नेम्वाङले उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएर अधिवेशन आह्‍वान भएर नयाँ सभामुख निर्वाचित नहुँदासम्म संसद बैठक ज्येष्ठ सदस्यले चलाउने उनले जानकारी दिए ।

यद्यपी नेकपामा सभामुखमा पसभामुख तुम्बाहाम्फे, उपनेता नेम्वाङ, सचेतक देवप्रसाद गुरुङ, सांसदहरू अग्नि सापकोटा, पम्फा भुसाल र लेखराज भट्टले चासो देखाएको जनाइदै आएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा संसद सिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोपमा डिल्लीबजार कारागारमा रहेका छन् ।

तर, उपसभामुख तुम्बाहाम्फेले भने महराले गरेको गल्तीको सजाय आफूलाई दिन नहुने भन्दै सभामुखमा आफ्नो दाबी रहेको जनाउदै आएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org