ताजा समाचार

बीमाबारे जनचेतना फैलाउन नेको इन्सुरेन्सद्वारा फूटसल प्रतियोगिता आयोजना

काठमाडाैं । नेको इन्सुरेन्सले बीमाबारे जनचेतना फैलाउन भन्दै बैंक तथा वित्तिय संस्थाका कर्मचारीसँग फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

कार्तिक २३४ गते अर्थात भोली शनिवारका दिन नेकोले धन्यन्तरी फुटसलमा ‘नेको फूटसल प्रतियोगिता, चौथो संस्करण २०७६’को आयोजना गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तिय संस्थाका २० टिम सहभागी हुने नेकोले जनाएको छ भने, फूटसल प्रतियोगिताको मुख्य प्रायोजक भने रिगो सफ्टवेयर कम्पनी हुने पक्का भएको छ ।

नेको इन्सुरेन्सले विगत २३ वर्षदेखि नेपालमा बिमा क्षेत्रमा काम गर्दै आएको छ । नेकोले प्रतियोगिताबाट बीमाबारे प्रचार-प्रसार हुनुकासाथै जनचेतना फैलने विश्वास लिएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org