ताजा समाचार

भारतलाई असल छिमेकीको व्यवहार प्रदर्शन गर्न सत्तारुढ दल निकट विद्यार्थीको आग्रह

काठमाडाैं । नेपालस्थित भारतीय दुतावास अगाडी भारतले जारी गरेको नयाँ नक्सा विरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थीले प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूले भारतीय दुतावास अगाडी भारतले आफ्नो नक्सा सच्याएर अशल छिमेकीको व्यवहार प्रदर्शन गर्न समेत आह्वान गरेको छ ।

जुलुससहित भारतीय दुतावास अगाडी पुगेको विद्यार्थीको समूहले भारतले हेपाहा प्रवृत्ति देखाइरहेमा कुटनीतिक रुपमा छिमेकी गुमाउनुपर्ने स्थिति सिर्जना हुनसक्ने भन्दै भारतले नेपालको भूमि मिचेर गलत गरेको जनाएका हुन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण देशैभर आन्दोलन तथा बिरोधका कार्यक्रमहरु भइरहेका छन् ।

नेपाल सरकारले समेत भारतको उक्त कदमलाई अमान्य भनेर टिप्पी गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल लगायतका दल तथा नेताहरुले यसबारे खुलेर विरोध जनाइसकेका छन् । यद्यपी भारतले वार्ताबाट विवाद समाधान गर्न तयार रहेको प्रतिक्रिया जनाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org