ताजा समाचार

आलमले जिउदै जलाएर मारेका भनिएका ओशी वैदेशिक रोजगारीमा गएको पत्नीको निवेदन

आमलको थुनछेक बहस चल्दै गर्दा घटनामा नयाँ ट्विस्ट

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध थुनछेक बहस चलिरहँदा घटनामा नयाँ ट्विस्ट आएको छ ।

इट्टाभट्टामा जिउदै जलाइएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । तर, ओशीकी श्रीमतिले भने श्रीमान मारिएको नभई वैदेशिक रोजगारीमा गएको र त्यहाँबाट नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी छन् ।

उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रेजागारीमा गएर नफर्केको भन्दै विनेदन दिएकी हुन् । यद्यपि निवेदन दर्ता भइसकेकाे छैन । आलमका मान्छेहरुले पीडित परिवारलाई डर धम्की र प्रलोभन दिन थालेको पीडित डराएर घटनालाई अन्यत्र ममोड्न खोजेको जनाइन थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org