ताजा समाचार

भारतले सीमा मिचेकोबारे आन्दोलन चलिरहँदा मधेस केन्द्रित दलका नेताहरुलाई गाली किन ?

खुलेरै किन बोल्दैनन् भारतविरुद्ध मधेस केन्द्रित नेताहरु ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भू-भाग मिचेकोबारे छलफल गर्न बोलाएको सर्वदलिय बैठकले दिएको सुझावअनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका बेला मधेश केन्द्रित दलहरुले भने यसबारे चुइक्क बोल्न सकेका छैनन् ।

विभिन्न क्षेत्रमा भारतले हेपाह प्रवृत्ति देखाउदै सीमा अतिक्रमण गरेपनि मधेस केन्द्रित दलहरु माैन रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उसोतः मधेस केन्द्रित दलहरुलाई भारतीयको संज्ञा दिएर विभिन्न गाली गलाैज गर्ने प्रचलन समेत बढिरहेका बेला उनीहरुको माैनताले यसमा झन बल पुगेको छ ।

मधेस केन्द्रित दलहरुले सीमाबारे खुलेर विरोध गर्नु या यसबारे नेपाली भूमिबारे आफ्नो धारणा सार्वजनिक नगर्नुले ती दलहरु तथा नेताहरुमाथि आक्रोस व्यक्त हुन थालेको हो ।

मधेस केन्द्रित दलका केहि नेताहरुले चीनले सीमा मिचेको समाचारहरु सेयर गरेपनि उनीहरुले भारतले सीमा मिचेकोबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् । सामाजिक संजालमा अहिले मधेस केन्द्रित दलका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति नदिएको भन्दै विरोध सुरु भएका हुन् ।

आखिर मेधेस केन्द्रित दल तथा नेताहरुले भारतले नेपाली भु-भाग मिचेकोबारे किन खुलेर बहस गर्न सकेका छैनन् ? भन्ने प्रश्न पेचिलो बन्दे गएको भन्दै अहिले उनीहरुलाई गाली गर्न थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org